
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित, उपमेयरमा सुनिता डंगोल

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।
महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । डंगोलले ६८ हजार ६१२ ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका थिए । निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ