
तिलोत्तमाको मेयरमा गृहमन्त्रीका भाइ विजयी

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँले पराजित गरेका हुन् । अहिले करिब ५ सय मत गणना बाँकी नै छ तर खाँण ८ सय मतले अगाडि छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । विजयको औपचारिक घोषणा हुन भने बाँकी छ । खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् । उपमेयर चौधरीले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमन्त पाण्डेलाई पराजित गरेकी हुन्। चौधरी निवर्तमान उपमेयर समेत हुन्।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ