बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक अवस्था कमजोर भएका चौधरीको निःशुल्क उपचार

बिहीबार, १२ जेठ २०७९, २२ : ३६
बिहीबार, १२ जेठ २०७९

आर्थिक अवस्था कमजोर भएका अमर चौधरीको सेती प्रादेशिक अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ । धनगढी उपमहानगरपालिका २ का ३५ वर्षिय अमर चौधरीको खुट्टाको उपचार अस्पतालले निःशुल्क गर्ने भएको हो ।

खुट्टामा चोट लागेका चौधरी   आर्थिक अवस्था कमजोर भएका कारणले अस्पताल भर्ना भएका थिएनन् । तर सेती प्रादेशिक अस्पतालका सदस्य डिल्लीराज भट्टको पहलमा उनलाई अस्पताल भनाए गरी उपचार गर्न थालिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय,  सेती प्रादेशीक अस्पताल प्रसासन तथा व्यवस्थापन समितिको पहलमा  चौधरीको उपचारका भइरहेको सदस्य भट्टले बताए । अस्पतालको सामाजिक सेवा इकाई मार्फत आर्थिक अवस्था कमजोर भएका उनको निःशुल्क उपचार गरिनुका साथै निःशुल्क औषधीको पनि व्यवस्था गरिएको भट्टले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप