
उदयपुरमा विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३ औं पूर्ण बैठक सुरु भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बिहीबारबाट सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो ।
बैठकमा पार्टीका महासचिव विप्लवले १३ औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूको सहभागिता रहेको छ ।
बैठकमा उपस्थित सबै केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यहरूले १३ गतेदेखि राजनीतिक प्रस्तावमाथि आ– आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । केन्द्रीय समितिको बैठकमा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर लगायत केन्द्रीय सदस्यहरु सहभागी रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ