शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु

बिहीबार, १२ जेठ २०७९, २२ : ०३
बिहीबार, १२ जेठ २०७९

इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध–सरकारी समाचार संस्था, आइएसएनएले जनाएको छ । अहिलेसम्म उक्त दुर्घटनामा ३७ जना घाइते भएको जानकारी प्राप्त भएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप गभर्नर एहसन अब्बासपुरले आइएसएनएलाई बताए ।

अब्बासपुर र अन्य स्रोतबाट प्राप्त रिपोर्टअनुसार उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ । सरकारले उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने जनाएको छ । 

मंगलबार उक्त भवन मालिक र ठेकेदारको पनि हत्या भएको घटनापछि १० जनालाई पक्राउ गरिएको मिजान समाचार संस्थाले जनाएको छ । निर्माणाधीन भवन अबागान शहरको भीडभाड सडकमा अवस्थित छ । यसको वरिपरि व्यापारिक तथा चिकित्सा परिसरहरू छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप