शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल व्यापार मेला सुरु

बिहीबार, १२ जेठ २०७९, २१ : ३९
बिहीबार, १२ जेठ २०७९

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि बृहत जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष तथा ग्रील तथा स्टील महासंघका अध्यक्ष मोहन कट्वालले उद्घाटन गरेका छन् । नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्धेश्यले हुन लागेको मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

मेलामा नेपाली प्रख्यात जुत्ता तथा चप्पल कम्पनीहरु शिखर शुज, पिजी शुज, हाइलाइफ शुज, वान बोल्ड शुज, बोस शुज, फुड स्टेप शुज तथा बेम्बो शुजका जेन्स, लेडिज, स्कुल तथा बच्चाका लागि जुत्ता तथा चप्पलहरु राखिएको मेला आयोजक समितिले जानकारी दिएको छ । मेला एक महिनासम्म चल्ने समितिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप