शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा केन्द्रीय समितिको बैठक आजदेखि सुरु

बिहीबार, १२ जेठ २०७९, २० : १५
बिहीबार, १२ जेठ २०७९

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३ औं पूर्ण बैठक उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा आजबाट सुरु भएको छ । पार्टीका महासचिव  विप्लवको अध्यक्षतामा  बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका महासचिव विप्लवले १३औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं  महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूको सहभागिता रहेको छ । बैठकमा उपस्थित सबै केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यहरू भोलि १३ गतेदेखि राजनीतिक प्रस्तावमाथि आ(आफ्ना धारणा राख्ने कार्यक्रम  रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप