रानीवनलाई हराउँदै आरसी ३२ दोस्रो स्थानमा उक्लियो
बिहीबार, १२ जेठ २०७९, १८ : ५१
रानीवन स्पोर्ट्स एकेडेमीलाई २-१ अन्तरले हराउँदै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीबार एन्फा कप्लेक्स सातदोबाटोमा आरसी ३२ को जितमा बबिन बोहरा र विवेक सन्तोषीले एक एक गोल गरे । रानीवनका किशन कठायतले सान्त्वाना गोल गरे ।
जितसँगै आरसी ३२ एघार खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रानीवनले ११ खेलमा ११ अंक जोडेर १०औं स्थानमा छ ।
पहिलो पटक सी डिभिजन लिग खेलिरहेको आरसी ३२ दोस्रो डिभिजन लिग उक्लने संघारमा छ । समान २५ अंक भएको झापा एक खेल कम खेल्दै शीर्षस्थानमा छ ।
जारी लिगको तीन चरणको खेल बाँकी छ । शीर्ष दुई क्लब बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टिमको तेस्रो डिभिजन लिग हैसियत गुमाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !