बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा उषा सम्मिलित सिफाइन्सको विजयी सुरुआत

बिहीबार, १२ जेठ २०७९, १८ : ४२
बिहीबार, १२ जेठ २०७९

नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिबल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ । 

बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा पराजित गर्‍यो । सुरुआतबाटै विपक्षीलाई दबाबमा राखेको सिफाइन्सले खेलमा २५–५, २५–१३, २५–९ सहज हात पार्‍यो । 

स्पाइकर उषाले पहिलो पटक माल्दिभ्समा लिग खेलेकी हुन् । उषासँगै नेपाल पुलिस क्लबकै कामना विष्टले माल्दिभ्सको लिग खेल्दैछिन् । कामना सम्मिलित पुलिस क्लबले आज क्लब इग्लेसको सामना गर्दैछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप