बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादव भन्छन्– चुनावबाट उत्साहित छौं, गठबन्धन प्रदेश र संघको चुनावसम्म जान्छ

बिहीबार, १२ जेठ २०७९, १८ : ०१
बिहीबार, १२ जेठ २०७९

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनको परिणामबाट उत्साहित भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै यादवले भने– ‘स्थानीय चुनावमा गठबन्धनबाट सबै सन्तुष्ट नै भएकाले प्रदेश र संघको चुनावसम्म कायम हुन्छ ।’

‘हामीले स्थानीय चुनावको विषयमा गठबन्धनमा समीक्षा गरेका छैनौ । हामीले पार्टीमा पनि छुट्टै समीक्षा गरेका छैनौ’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘हामीलाई ठिकै लाग्यो नोक्सान भएको छैन । सोचेको जस्तो दुनियाँ कहीँ हुँदैन। यद्यपि हामी निरास छैनौ उत्साहित नै छौ।’

आफूले जे जति नतिजा पाएको त्यसलाई उपलब्धि मानेर गठबन्धन कायम गर्नुपर्ने यादवले बताए। पाँच दलीय गठबन्धनलाई आगामी प्रदेश र संघको चुनावसम्म लगेर प्रतिगमनलाई परास्त गर्नुपर्ने उनले बताए। जसपा कुल ३० स्थानीय तह जितेर चौथो ठूलो दल हुन पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप