बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण

बिहीबार, १२ जेठ २०७९, १७ : ४५
बिहीबार, १२ जेठ २०७९

घरको छानामा टायल लगाउने काम गर्ने स्टिभन ग्यालाघेरलाई ‘स्क्लेरोडर्मा लागेपछि उनका हात प्रयोगहिन भएको थियो । बेलायतको ‘नेशनल हेल्थ सर्विस (एनएचएस)’ का शल्य चिकित्सकले ग्यालाघेरका दुवै हात सफल रुपमा प्रत्यारोपण गरेका छन् । यो विश्वमै पहिलोपटक दुवै हातको सफल अपरेशन हो । 

ग्यालाघेरलाई स्क्लेरोडर्मा रोगले समाएपछि विस्तारै उनको हात कमजोर बन्दै गएको थियो । छाला र आन्तरिक अंगमा असर गर्ने यो रोगको कारणले अन्ततः उनको हातका सबै औँला दोब्रिएर स्थायी मुठी पर्यो ।  १३ वर्षअघि पहिलोपटक उनको छालामा दाग देखिएर सुरु भएको रोगले सुरुमा उनको नाक र मुखलाई असर गरेको थियो । त्यसपछि उनको औँलाहरु दोब्रिन थाल्यो । यस क्रममा उनी ‘ठूलो पीडा’ मा बाँचे । 

तर अहिले लिड्स टिचिङ हस्पिटलको एनएचएस ट्रस्ट १२ घण्टा लामो अपरेसनपछि विश्वमा पहिलो पटक दुवै हातको सफल प्रत्यारोप भएको छ ।  अब ग्यालाघेर धाराको टुटी खोलेर पानी भर्न सक्ने भएका छन् । अहिले ४८ वर्षे ग्यालाघेर काममा फर्किन सक्ने आशा गर्न थालेका छन् । 

‘अप्रेसन सकिएर ब्युजिना साथ म हात चलाउन सक्ने भएको थिएँ ,’ ग्यालाघेरले भने ।  ग्यालाघेरको प्रत्यारोपणको शल्यक्रिया पाँच महिनाअघि सन् २०२१ डिसेम्बरमा भएको थियो । त्यसयता उनी नियमित अस्पताल गएर फिजियोथेरापी गर्छन् र चिकित्सकलाई देखाउँछन् ।  

विगत पाँच महिनाको अवधिमा उनको स्वास्थ्य स्थिति निरन्तरमा सुधार आइरहेको छ । तथापि उनी सर्टको टाँक लगाउनेजस्ता सुक्ष्म काम गर्न सक्दैनन् तर पनि उनी कुकुरलाई धाप मार्न सक्ने भएकोमा खुसी छन् । 
यसै पनि औँला दोब्रिएर हात मुठ्ठी परेर केही काम गर्न नसक्ने भएपछि गलाघेरको लागि हात गुमाएजस्तै भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप