शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपीलाई झलनाथको जवाफ : मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ

बिहीबार, १२ जेठ २०७९, १७ : ३१
बिहीबार, १२ जेठ २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्रै राज्यलाई आफ्नो चलअचल सम्पती नदिएको जवाफ दिएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता खनालले आफूले ओलीभन्दा अगाडि आफू प्रधानमन्त्री भएको र त्यसबेला आफूले राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका हुन् । 

‘उहाँले मैले सबै श्री सम्पती, चल अचल सम्पती राज्यलाई बुझाएँ त्यस्तो अरु कोही छ भन्नुभो ? मलाई यसको जवाफ दिन खसखस लागिहाल्यो’, खनालले ओलीलाई जवाफ दिँदै भने, ‘उहाँ जतिबेला प्रधानमन्त्री हुनुभयो, त्योभन्दा निकै अगाडि म प्रधानमन्त्री भएँ ।’ 

उनले उक्त जमिनमा अहिले सिटीभिटीईको भवन बनेको बताए । ‘त्यसबेला इलाममा रहेको मेरो पैत्रिक सम्पतीका रुपमा रहेको ५५ रोपनी जग्गा मैले राज्यलाई दिएर सीटीईभीटी निर्माण गरेँ । सिटीभिटी भवन निर्माण गर्न जग्गा खोज्दा झ्याप्प झुप्प मिलेन । अनि आफ्नै जग्गा दिएर सिटीइभिटी बनाएँ,’ उनले एकचोटी त्यो सिटीभिटी डाँडामा गएर अवलोकन गर्न सांसदहरुलाई आग्रह पनि गरे । खनालले ओलीले मात्रै नभएर अब क्रमश ः अरु नेताले पनि आफ्नो सम्पती राज्यलाई दिँदै जानेको संख्या थपिने भएकाले चिन्ता नगर्न आग्रह गरे । 

त्यस्तै उनले प्रमुख प्रतिपक्षलाई उन्मुलन नै गर्न खोजियो भन्ने ओलीको भनाइको प्रतिवाद गरे । ‘त्यो होइन बहुदलीय व्यवस्थामा प्रतिपक्ष हुन्छ उन्मुलन हुँदैन ।’ उनले संविधान प्वाल पार्नुचाहीँ गलत रहेको पनि बताए । ‘जुन संविधान हामीले बनायौं त्यो प्वाल पार्ने काम पो नराम्रो तैपनि लाहा लगाएर टाल्यौ’, खनालको भनाइ छ । 

खनालले ओलीको अर्को आरोपको पनि जवाफ दिए । नीति तथा कार्यक्रम आफ्नै नेतृत्वको सरकारले ल्याएभन्दा फरक नरहेको भनेको भन्दै आफैले ल्याएको नीति तथा कार्यक्रम काम नलाग्ने हो कि अहिलेको ? भनेर प्रश्न गरे । 
त्यस्तो आग्रहबाट नचल्न ओलीलाई आग्रह गर्दै खनालले वर्तमान सरकारलाई परमादेशी सरकार भनेकोमा पनि आपत्ति जनाए । एमाले नामको पार्टी नेकपा बनेपछि नरहेको र अदालतकै आदेशबाट बनेको एमालेका नेताले सरकारलाई परमादेशी भन्न नसुहाउने बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप