मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा
![मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा](https://rpcdn.ratopati.com/media/albums/school_7jGXti2i9M.jpg)
शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका छन् ।
महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सोनी शाहीले समयमै पुस्तक हात नपर्दा पढाई बिथोलिने गरेको बताइन् । मुगुमा अन्य हिमाली जिल्लामा जस्तो इन्टरनेटको सहज पहुँच पनि छैन । समयमै विद्यालयमा पाठ्यपुस्तक पुगे पुस्तक हेरेरै भए पनि पढ्न सकिने अर्का विद्यार्थी कर्णवीर मल्लले बताए ।
पाठ्यपुस्तक किन्न बजेट निकासा
जिल्लाभरका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्ने गरी २८ लाख ४९ हजार ९७ रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारले भने हालसम्म पुस्तक पुर्याउन सकेका छैन ।
पाठ्यपुस्तक ढुवानीको लागि नगरपालिकाले लिखित पत्र पठाउनुको साथै मौखिक रूपमा समेत पटक पटक ताकेता गरेको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिष्णुकुमार भामले बताए । मुगुमा समयमै पाठ्यपुस्तक नपुग्दा हरेक वर्ष पठनपाठनमा सास्ती हुने गरेको छ । विद्यार्थीको हातमा विषय अनुसारका पुस्तक नहुँदा साथीहरूसँग समन्वय गरेर अध्ययन अध्यापन गर्नु परेको महाकाली नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकायाले बताए ।
जनक शिक्षाले छायाँनाथ रारा नगरपालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयका पाठ्यपुस्तक ढुवानीको जिम्मा जयलक्ष्मी पुस्तक भण्डारलाई दिएको छ । सोही अनुसार कर्णाली प्रदेश कार्यालयमा पुस्तक खरिदका लागि रुपैयाँ जम्मा गरिसकेको छ । पुस्तकहरू सुर्खेत भए पनि मुगुका विद्यार्थीका हातमा पुग्न सकेको छैन । जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाइटर जयलक्ष्मी भामका अनुसार स्थानीय तह निर्वाचनलाई मतपत्र छाप्न थालेकाले पाठ्यपुस्तक छाप्न ढिला भएको हो । साथै मुगुमा सहज यातायातको सुविधा समेत नभएको उनले बताए । उनले भने, ‘अबको एक सातामा सबै पाठ्यपुस्तक आइपुग्छ ।’
जिल्लाका खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकामा पनि पाठ्यपुस्तक पुगेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महामन्त्री मुकुल ढकालमाथि कारबाही हुनसक्छ : उपसभापति अर्याल
-
एमाले अध्यक्ष ओलीले किन बोलाए मन्त्रीहरूलाई बालकोट ?
-
सर्वोच्चद्वारा भौतिक मन्त्रालयका पूर्वसहसचिव रञ्जितकार भ्रष्टाचारी ठहर
-
बीआरआईबारे कांग्रेसको अडान : ऋण स्वीकार्य छैन
-
लिभर सिरोसिस, हेपाटाइटिस जस्ता रोगहरूबाट बचाउने सुपरफुड
-
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध श्रेष्ठले हाले सर्वोच्चमा मुद्दा