युक्रेनीलाई घेरेर युद्ध गर्दै रुसी सेना
![युक्रेनीलाई घेरेर युद्ध गर्दै रुसी सेना](https://rpcdn.ratopati.com/media/albums/russian-army-ukrine_WoNtbgHggM.jpg)
रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् ।
तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्ण नियन्त्रण खोस्ने प्रयास गरिरहेको छ । डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यसमा पर्छन् ।
रुसले सिभिएरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौं सेना परिचालन गरेको छ । क्रेमलिनको युद्धको मुख्य उद्देश्य नै सम्पूर्ण लुहान्स्क प्रान्तलाई रूसी नियन्त्रणमा लिनु हो ।
“अब सबै कुरा डोनबासमा केन्द्रित छ,” युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले भनेका छन् । पच्चीस रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको उनले बताए ।
उक्त क्षेत्रका ४० भन्दा बढी शहरमा गोलाबारी गरेको र ३८ घर र एउटा विद्यालयसहित ४७ नागरिकस्थललाई ध्वस्त पारेकोे युक्रेनको सशस्त्र सेनाको संयुक्त कार्यदलले रुसीहरुले बताएको छ । गोलाबारीका क्रममा पाँच नागरिकको मृत्यु भएको १२ घाइते भएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वका केही भागमा युक्रेनी सेनाभन्दा रुसी सेनाको सङ्ख्या धेरै रहेको र कीएभले मस्कोसँग कैदी आदानप्रदानको व्यवस्था गर्न असफल भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहलाई अमरेशको चुनौती : हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊ
-
फ्रान्स र अमेरिका भ्रमणमा निस्किए मोदी
-
बर्खामा यातायात सहज बनाउन बीपी राजमार्ग दोस्रो चरणको पुनर्निर्माण गरिँदै
-
अमेरिकाको आप्रवासी नीति र यूएसएड कटौतीमा पोपको सहयोगीले गरे चिन्ता
-
९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ कम्पनीको आवेदन
-
सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : महामन्त्री थापा