शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीएसजीले जापान भ्रमण गर्ने

बिहीबार, १२ जेठ २०७९, १७ : २०
बिहीबार, १२ जेठ २०७९

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ । बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो । 

पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ । पीएसजीले आफ्नो पहिलो टिमका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेसहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ । 

यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि जितेको थियो । यद्यपि क्लब च्याम्पियन्स लिगमा भने सेमिफाइनलाबाटै बाहिरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप