शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्ममा डेब्यु गर्दै गरिमा

बिहीबार, १२ जेठ २०७९, १७ : १४
बिहीबार, १२ जेठ २०७९

म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् । 

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि उनले हालै सम्झौता गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । निर्देशक लामिछानेले फिल्मको मुख्य भूमिकाको लागि गरिमा छनौट भएको जानकारी दिए । ‘फिल्मको कथाअनुसार गरिमा सुहाउने देखेर फाइनल गरेका छौ’ लामिछानेले भने ।

आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मका मुख्य अभिनेता छनौट बाँकी छ । फिल्मको पछिल्ला केही दिनयता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ ।

निर्देशक लामिछानेले यसअघि धौली, अग्निदहन, पञ्चेबाजाजस्ता फिल्म निर्देशन गरिसकेका छन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्म असारदेखि फ्लोरमा जाने तयारीमा छ ।  अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप