दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो
बिहीबार, १२ जेठ २०७९, १५ : ३६
चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ । विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ ।
चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी