आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सरकारले अर्थतन्त्र समस्यामा छैन भनेर जनतालाई गुमराहमा राख्यो– प्रदीप ज्ञवाली

बिहीबार, १२ जेठ २०७९, १५ : ३०
बिहीबार, १२ जेठ २०७९

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थतन्त्र समस्यामा नरहेको भन्दै सरकारले जनतालाई गुमराहमा राखेको बताएका छन् । उनले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्रबारे सरकारले जनतालाई गलत सन्देश प्रवाह गरेको बताएका हुन् ।

‘अर्थतन्त्र बिग्रेको छैन । केही समस्या छैन । त्यसैले हामीले केही गर्नुपर्दैन भनेर सरकारले जनतालाई गुमराहमा राखेको छ,’ उनले भने । यस्तै, युक्रेन संकटका कारण उकालो लागिरहेको इन्धनको मूल्यले देशको अर्थतन्त्रलाई झनै समस्यामा पार्ने उनको भनाइ छ । र,यसको प्रभाव सबैतिर परेकाले यसलाई सम्बोधन गर्न समेत ज्ञवालीले आग्रह गरे ।

यसैगरी,सरकारले एक सातामा दुई पटक गरेर २० रुपैयाँले इन्धनको मूल्य बढाएर सर्वसाधारणमाथि अत्याचार गरेको ज्ञवालीको आरोप छ । यसका साथै भारतले गहुँ र चिनी निर्यात लगाउँदा नेपालमा पर्ने प्रभावका बारेमा सरकारले बेखबर रहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप