एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी गर्ने एक जना पक्राउ
बिहीबार, १२ जेठ २०७९, १५ : २०
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस अध्ययन गर्न विदेशी नागरिकले पाउने छात्रवृति कोटामा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिक रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा कार्यरत एमबीबीएसरएमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि उनले चिनाउने गरेको प्रहरीले जनाएको छ ।
बिकले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी १७ लाख रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
-
म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु
-
'वर्ल्ड प्रेस फोटो अफ द इयर' अवार्ड जित्ने गाजाको फोटोको कथा
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्