आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा भन्दा नेपालमा महँगो बन्यो पेट्रोलियम पदार्थको मूल्य

बिहीबार, १२ जेठ २०७९, १४ : ०६
बिहीबार, १२ जेठ २०७९

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ ।

नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो छ । रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ ।

यसैगरी, रक्सौलमा डिजेलको मूल्य प्रतिलिटर १५३.४४ रुपैयाँ छ । नेपालमा भने डिजेलको बिक्री मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम छ । जुन, भारतको तुलनामा प्रतिलिटर ९.५६ रुपैयाँले बढी हो । भारतले पछिल्लो समय निरन्तर पेट्रोलियमको मूल्य घटाइरहेको छ ।

भारत सरकारले भर्खरै डिजेल/पेट्रोलमा लाग्दै आएको अन्त शूल्क घटाएको थियो । जसले नेपालको तुलनामा भारततर्फ पेट्रोलियमको मूल्य सस्तो बनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप