बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनी निर्यातबारे भारतको ताजा निर्णयको अर्थ के ?

बिहीबार, १२ जेठ २०७९, १३ : ५७
बिहीबार, १२ जेठ २०७९

दिल्ली नजिकै रहेको गाजियाबादमा बुधबार एक किलो चिनीको मूल्य ४२ भारु थियो । भारतका अधिकांश सहरमा बुधबार चिनीको भाउ ३८ देखि ४४ भारुको बीचमा रहेको छ ।

पछिल्ला केही महिनाहरूमा यसको मूल्य धेरै बढेको छैन ।  

यति हुँदाहुँदै पनि भारत सरकारले चिनी निर्यातमा नियन्त्रण गर्ने निर्णय गरेको छ । जसका कारण यो निर्णय सुनेर मानिसहरु अलिकति अचम्ममा परेका थिए ।

केन्द्र सरकारले आफ्नो ताजा निर्णयमा हाल चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छैन । यसलाई ‘फ्रि टु रेगुलेटेड’ श्रेणीमा मात्रै राखेको छ ।

सरल भाषामा भन्ने हो भने अब १ जूनदेखि ३१ अक्टोबरसम्म चिनी निर्यातका लागि सरकारबाट अनुमति लिनु पर्नेछ ।

चिनीमा भारतीय सरकारले किन लियो यस्तो निर्णय ?

अहिले भारतमा चिनीको मूल्य बढेको छैन न उत्पादनमा कुनै कमी आएको छ । यति हुँदाहुँदै पनि केन्द्र सरकारले यस्तो निर्णय गरेको छ ।

यसको कारण जान्नका लागि सबैभन्दा पहिले भारतमा चिनीसँग सम्बन्धित केही आधारभूत कुराहरू बुझ्न जरुरी छ ।

कात्तिकदेखि भदौसम्म उखु पेल्ने सिजन मानिन्छ । सामान्यतया यो पाँच देखि छ महिनाको लागि हो ।

उखु बाली तयार गर्न विभिन्न प्रकारका आधारमा १२ देखि १८ महिनाको समय लाग्छ ।

चिनीको नयाँ खेप बजारमा नोभेम्बरको पहिलो हप्तामा मात्रै आउँछ ।

त्यसैले केन्द्र सरकारले हरेक वर्ष १ अक्टोबरमा देशको भण्डारमा कम्तीमा ६० लाख टन चिनी होस् भन्ने चाहना राख्छ ताकि नोभेम्बरसम्म बजारको काम नयाँ चिनी बिना पनि चल्न सकोस् ।

यसलाई ओपनिङ स्टक (खुल्ला मौज्दात) भनिन्छ ।

जसरी चिनीको निर्यात बढेको छ, त्यसका आधारमा यो वर्ष अक्टोबर १मा खुल्ला मौज्दात ६० लाख टनभन्दा कम हुन सक्ने सरकारको अनुमान छ ।

भविष्यको यही आशंकालाई मध्यनजर गर्दै केन्द्र सरकारले यो निर्णय गरेको हो । भारतीय चिनी मिल संघका पूर्व महानिर्देशक अविनाश वर्माले बीबीसीलाई यो जानकारी दिएका छन् ।

अविनाश वर्मा यस वर्ष अप्रिल २८ सम्म आफ्नो पदमा थिए।

किन छ ओपनिङ स्टकमा कमीको सम्भावना किन ?

भारतमा हरेक महिना २२ देखि २४ लाख टन चिनी खपत हुने गरेको छ ।

त्यसअनुसार वर्षमा कुल २७०–२७५ लाख टन चिनी खपत भएको छ ।

यो वर्ष ३५० देखि ३५५ लाख टन चिनी उत्पादन हुने अनुमान छ । गत वर्षको स्टक पनि केही बाँकी छ ।

जसका कारण केन्द्र सरकारले एक लाख टन चिनी निर्यात गर्ने लक्ष्य राखेको छ, जुन विगत केही वर्षको कीर्तिमानी निर्यात हुनेछ ।

जसमध्ये ८५ लाख टन चिनी निर्यातको सम्झौता पनि भइसकेको छ । अहिले मे महिना चलिरहेको छ । अर्थात् चिनी सिजन सकिन ४ महिना बाँकी छ ।

यस्तो अवस्थामा निर्यातलाई नियन्त्रण गर्न नसके चिनीको निर्यात एक लाख टन नाघेमा अक्टोबर १ सम्मको खुल्ला मौज्दात सरकारी अनुमानभन्दा कम हुने सम्भावना धेरै छ ।

अविनाश वर्मा यस्तो बताउँछन् ।

योसँगै स्टक कम हुनुको अर्को कारण पनि छ । यसपटक इथानोल बनाउन उखुको प्रयोग बढी भएको छ । जसका कारण चिनीका लागि उखु कम बाँकी छ । इथानोल तेलको मिश्रणमा प्रयोग गरिन्छ।

अब थाहा पाउनुहोस् किन बढ्यो चिनीको निर्यात  ?

यसका लागि विश्वको चिनियाँ बजारलाई बुझ्नुपर्छ ।

अन्तर्राष्ट्रिय चिनी सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरी सबैभन्दा बढी चिनी उत्पादन गर्ने र खपत गर्ने देश भारत हो ।

विश्वमा चिनी निर्यात गर्ने शीर्ष पाँच देशहरू (क्रमशः) ब्राजिल, थाइल्याण्ड, भारत, अष्ट्रेलिया र मेक्सिको हुन् ।

ब्राजिल र थाइल्याण्डमा मौसमी अवस्था (कम वर्षा र असिना) का कारण उखु उत्पादन कम भयो । जसका कारण अन्तर्राष्ट्रियस्तरमा सय लाख टनको कमी भएको छ ।

भारतका चिनी निर्यातकर्ताहरूले यो कमीलाई सदुपयोग गर्न खोजेका छन् । जसका कारण यो वर्ष चिनीको कीर्तिमानी निर्यात हुने सम्भावना छ ।

उत्पादनमा कमी आएसँगै अन्तर्राष्ट्रिय बजारमा पनि भाउ बढेको छ ।

कम स्टकका कारण भारतीय बजारमा चिनीको भाउमा असर नपरोस् भन्दै भारत सरकारले सावधानीका रूपमा यो कदम चालेको हो ।

यो उद्योगसँग सम्बन्धित विज्ञहरुको यस्तै भनाइ छ  ।

मुद्रास्फीति नियन्त्रणमा यो कदम कत्तिको प्रभावकारी हुनेछ ?

बढेको खुद्रा मुद्रास्फीति दर अहिले केन्द्र सरकारका लागि चिन्ताको विषय बनेको छ, जुन अहिले ७ प्रतिशत नाघेको छ ।

त्यसलाई सम्बोधन गर्न केन्द्र सरकारले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न एकपछि अर्को नयाँ निर्णय लिइरहेको छ ।

केन्द्र सरकारले ११ दिन अघि गहुँ निर्यातमा निर्णय लियो किनभने पिठोको मूल्य घरेलु बजारमा बढिरहेको थियो ।

गत साता केन्द्र सरकारले पेट्रोल र डिजेलको अन्तःशुल्कमा ठूलो कटौती गरेको थियो ।

त्यसैगरी सरकारले सन् २०२४ मार्चसम्म वार्षिक २० लाख टन कच्चा भटमास र सूर्यमुखी तेलको आयातमा भन्सार महसुल र कृषि पूर्वाधार उपकर हटाउने घोषणा गरेको छ ।

अब चिनी निकासी नियन्त्रण गर्ने निर्णय भएको छ ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप