
मृत भेटिइन् २१ वर्षीया अभिनेत्री विदिशा
बंगाली अभिनेत्री तथा मोडल विदिशा मृत भेटिएकी छन् । विदिशा बुधबार आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेकी हुन् । २१ बर्षीय उनी नगर बजारको एक भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् । उनले आत्महत्या गरेको बताइन्छ । पुलिसले उनको शव उनकै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेको हो । उनी बस्ने फ्ल्याटको ढोका भित्रबाट लक गरिएको थियो । जसलाई फुटाएर प्रहरीले उनको शव निकालेको हो । शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
रिपोर्टका अनुसार उनी ४ महिना अगाडि मात्र नजर बजारमा सरेकी थिइन् । पुलिसले घरबाट एक सुसाइड नोट समेत फेला पारेको छ । बिदिशाकी नजिकको साथी दिया दासले उनी प्रेमीको कारण डिप्रेशनमा रहेको बताएकी छन् । दासका अनुसार विदिशाको प्रेमीको अन्य दिन गलफ्रेण्ड छन् । जसको उनी बिरोधी थिइन् । सोही कारण पनि उनी डिप्रेशनमा आएकी हुन् ।
सुसाइड नोटमा भने उनले आफु क्यान्सर पीडित भएको उल्लेख गरेकी छन् । तर उनी क्यान्सर पीडित नभएको बताइन्छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ