बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मालामा नउनिएका फूलहरू’ विमोचित

बिहीबार, १२ जेठ २०७९, १२ : ३७
बिहीबार, १२ जेठ २०७९

डा. खगराज बरालद्वारा लिखित ‘मालामा नउनिएका फूलहरू’ कृति विमोचन गरिएको छ ।  प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाकर पराजुली, पूर्वसचिव किशोर थापा, गीता काफ्लेले उक्त कृतिको शनिबार प्रज्ञा प्रतिष्ठान काठमाडौँमा संयुक्त रूपमा विमोचन गरेका थिए । 

शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पुस्तक लोकार्पण समारोहमा पुस्तकबारे डा. शोभाकर पराजुलीले यो पुस्तक एक पटक होइन पटक पटक पढ्नुपर्ने र पढेपछि नवीन सिकाइ थपिँदै जाने बताए । 
यसैगरी किशोर थापाले यस कृतिमा जीवन भोगाइका अनुभवबाट धेरै सिकाइ गर्न सकिने शिक्षा यसबाट पाइने बताए । सिकाइबाट व्यवहारमा परिवर्तन तथा रूपान्तर हुने भन्दै थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरी मसिना कुराबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पुस्तकमा पाइने बताए । 

साहित्यकार गीता काफ्लेले वैचारिक तथा व्यावहारिक रूपमा अलमलिएका र दोधारमा रहेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताइन् । प्राध्यापक डा. जयराज आचार्यले सरल भाषामा गहन अभिव्यक्ति दिन पुस्तक सक्षम रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप