शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँचललाई बल्ल हिरोइन भएको महसुस !

बिहीबार, १२ जेठ २०७९, १२ : ३२
बिहीबार, १२ जेठ २०७९

अभिनेत्री आँचल शर्माको बेलाबेला चर्चा भइरहन्छ  । पछिल्लो समय भने उनी अभिव्यक्तिको कारण चर्चा छाएकी छिन् । जुन उनले फिल्म ‘वर एण्ड बधु’को कार्यक्रममा दिएकी थिइन् । 

मिलन चाम्सको निर्देशन रहने फिल्मको बुधबार औपचारिक निर्माण घोषणाका लागि एक कार्यक्रम आयोजना भएको थियो ।  कार्यक्रम आयोजना स्थलमा भव्य सजावट सहित रेड कार्पेट समेत बिच्छ्याइएको थियो । कार्यक्रमको भव्य आयोजना देखेर उनले भनिन्, ‘मैले आज बल्ल आफू हिरोइन भएको महसुस गर्दैछु ।’ उनको यो भनाई लिएर अहिले मिडियामा गसिप बनिरहेको छ ।

कार्यक्रममा उनलाई अहिलेसम्म हिरोइन हुँ भन्ने नै महशुश नभएको हो र ? प्रश्न राखिएको थियो । जवाफमा उनले थुप्रै कार्यक्रममा पुगेपनि यति भव्य कार्यक्रममा यसअगाडि सहभागी नभएको बताइन् ।

‘वर एण्ड वधु  आँचलको नै मुख्य अभिनय रहने फिल्म हो । कार्यक्रममा फिल्मका लागि आफुले ५ केजी तौल समेत घटाएको बताएकी थिइन् । प्रेमकथामा निर्माण हुने फिल्ममा आँचलको अलवा साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहनेछ ।
रोमानिया, इटली, फ्रान्स र नेपालमा छायांकन हुने फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप