बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

बिहीबार, १२ जेठ २०७९, १२ : २३
बिहीबार, १२ जेठ २०७९

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।  बर्दियामा करेन्ट लागेर र सवारी दुर्घटनामा  परी दुई जनाको मृत्यु भएको छ । यस्तै पाल्पामा एक जना मृतावस्थामा फेला परेको  लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । 
बर्दियाको मधुवन नगरपालिका–४ मख्खन चोकस्थित सडकमा ढोढरीबाट भुरीगाउँतर्फ जाँदै गरेको लु.६२ प ४७३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बाँसगढी नगरपालिका–२ का २५ वर्षीय आशिस चौधरीको मृत्यु भएको हो ।  

यस्तै  सोही  नगरपालिका वार्ड नम्बर ४ बस्ने बल बहादुर बंशी मगरको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नो घर अगाडि रहेको बिजुलीको पोलमा चढी लत्रिएको तार बाँध्ने क्रममा करेन्ट  लागेर  मृत्यु भएको हो । 
 लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यता पाल्पाको तिनाउ गाउँपालिका–१ ओखलढुङ्गा बस्ने ८१ वर्षीय लिला बहादुर पुन सोही ठाउँस्थित चिहानको भिरमा मृत अवस्थामा फेला परेका जनाएको छ ।  ५ दिनदेखि हराइका पुनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको  प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप