दोस्रो जिनियस म्युजिक अवार्ड असारमा हुने
‘दोस्रो जिनियस म्युजिक अवार्ड’ घोषणा गरिएको छ । जिनियस म्युजिकले गीतसंगीतका श्रष्टालाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्डलाई यो वर्षपनि निरन्तरता दिन लागेको हो ।
‘जिनियस म्युजिक अवार्ड–२०७९’ को आवेदन समेत खुला भएको छ । आयोजकले एक विज्ञप्तिमार्फत अवार्डका लागि आवेदन खुला भएको जनाएको हो । सहभागीताका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन फर्म भर्न सकिने आयोजक जिनियस म्युजिकका प्रवन्ध निर्देशक रमेश पाठकले जानकारी दिए ।
अवार्डमा २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले सहभागीता जनाउन सक्नेछन् ।
असारको अन्तिम साता एक कार्यक्रम सहित आयोजना हुने अवार्डमा गायक, गायिका, शब्द, संगीत, मोडल लगायत विभिन्न ४१ विधामा अवार्ड वितरण गरिनेछ । कार्यक्रममा संगीतकर्मी तथा कला पत्रकारलाई समेत पुरस्कृत गरिने आयोजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा