स्वरुपराज आचार्यको सन्देशमूलक गीत ‘खोजी हिँडे’ सार्वजनिक
बिहीबार, १२ जेठ २०७९, ११ : ३८
गायक स्वरुपराज आचार्यको गीत ‘खोजी हिँडे’ सार्वजनिक भएको छ । भामा देवकोटा शर्माको शब्द रहेको गीतमा विष्णु तामाङले संगीत दिएका छन् । गीतकार भामा पेशाले चिकित्सक हुन् ।
बलात्कारको घटनालाई गीतको म्युजिक भिडियोले उठान गर्न खोजेको छ । वसन्त सापकोटाको निर्देशन रहेको भिडियोमा डा. प्रमोद शर्मा, अमृता श्रेष्ठ र खेमनाथ खनालको अभिनय देख्न सकिन्छ ।
दिनेश पराजुलीको छायांकन रहेको भिडियो उत्तर राना मगरले सम्पादन गरेका हुन् । गीत प्रभामा क्रियसन नामक युट्युब च्यानाल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने