शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

फ्रेन्च ओपन: नाडाल तेस्रो चरणमा

बिहीबार, १२ जेठ २०७९, ०९ : ४९
बिहीबार, १२ जेठ २०७९

कोरेन्टिन मोउटेटलाई सोझो सेटमा हराउँदै राफेल नाडाल फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । नाडालले कोरेन्टिनमाथि ६-३ ६-१ ६-४ को सहज जित निकाले । नाडालले तेस्रो चरणमा बोटी भान डे जान्स्लुपको सामना गर्नेछन् ।

यससँगै नाडालले ग्रान्ड स्लाममा आफ्नो जित संख्या तीन यस पूरा गरेका छन्  । गत वर्ष नाडाल नोभाक जोकोभिचसँग निराश हुँदै फ्रेन्च ओपनको उपविजेतामा सीमित भएका थिए । 

नाडाल फ्रेन्च ओपनको उपाधिका साथ आफ्नो ग्रान्ड स्लाम उपाधिको संख्या २२ पुर्‍याउने लक्ष्यमा छन् । नाडाल अस्ट्रेलियन ओपनको उपाधिका साथ २१औं ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेका थिए ।

यस क्रममा उनले जोकोभिचसँगै रोजर फेडेररलाई समेत निराश पारेका थिए । जोकोभिच र फडेररको नाममा समान २० औं ग्रान्ड स्लाम उपाधि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप