गरुडाको मेयरमा एमाले ३८ मतको झिनो अन्तरले विजयी
बिहीबार, १२ जेठ २०७९, ०९ : २८
रौतहटको गरुडा नगरपालिकामा कडा प्रतिस्पर्धाका बीच एमालेका मेयरको उम्मेदवारको विजय भएका छन् । गरुडा नगरपालिकामा एमालेका उम्मेदवार कन्थमनी प्रसाद कलवार मात्र ३८ मतको झिनो अन्तरले निर्वाचित भएका छन् । उनले कुल ४ हजार ५६३ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार वृजकिशोर यादवले कुल ४ हजार ५२५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरी निर्वाचित भएकी छिन् । चौधरी कुल ६ हजार ७०३ मत प्राप्त गरेर उपमेयरमा विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी बिन्दु देवीले ४ हजार ४ ७७ मत प्राप्त गरिन् । योसँगै प्रभु साहको गृहजिल्ला रौतहटमा एमालेले ३ स्थानीय तहमा जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’