आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा हरेक दिन एक जना नयाँ अर्बपति जन्मिए : अक्सफार्म

बिहीबार, १२ जेठ २०७९, ०९ : ०८
बिहीबार, १२ जेठ २०७९

कोरोना महामारीमा धनी र गरिबबीचको खाडल निक्कै बढेको तथ्याङ्क सार्वजनिक भएको छ। अर्थात महामारीको पछिल्लो दुई वर्षको अवधिमा धनी झन् धनी र गरिब झन् गरिब हुँदै गएका छन् । 

अक्सफार्म रिपोर्ट अनुसार सन् २०२० यता ५७३ नयाँ अर्बपति थपिएछन् । अर्थात प्रत्येक ३० घण्टामा एक जना नयाँ अर्बपति बनेको देखिन्छ । अहिले विश्वमा २६६८ पुगेको आइतबार अक्सफार्मले जारी गरेको विश्लेषणमा उल्लेख छ ।  फोर्ब्सले संकलन गरेको तथ्याङ्कको विश्लेषणबाट बनाइएको रिपोर्टले विगत दुई वर्षमा बढेको असमानतामा ध्यान केन्द्रित गरेको छ।

स्वीट्जरल्याण्डको ड्याभोसमा वर्षेनी आयोजना हुने ‘वर्ल्ड इकोनोमिक फोरम’को बैठकअघि रिपोर्ट सार्वजनिक गरिएको हो । ड्याभोस विश्वका सबैभन्दा धनाढ्य र प्रमुख देशका नेताहरू सहभागी हुने गर्छन् । कोरोना महामारीका कारण दुई वर्षपछि यो बैठक बस्न लागेको हो ।

महामारीको समयमा अर्बपतिको सम्पत्ति ३८ खर्ब डलरले बढेर १२७ खर्ब डलर पुग्यो । मुख्यतः शेयर भाउमा भएको बलियो बढोत्तरी यसका लागि जिम्मेवार रह्यो । एकातर्फ धनी झन् धनी भइरहेका छन् भने अर्कातर्फ गरिबहरू सामान्य जीविकोपार्जन गर्न नसक्ने अवस्थामा पुगेका छन् । विश्वभर अहिले उपभोक्ताहरू ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग सङ्घर्ष गरिरहेका छन्। तर यही क्षेत्रका व्यवसाय गर्ने कर्पोरेसन भने बढ्दो मूल्यबाट नाफा कमाइरहेको अक्सफार्मले लेखेको छ ।  

खाद्यान्न र कृषि व्यवसाय क्षेत्रका अर्बपतिको सम्पत्ति गत दुई वर्षमा मुद्रास्फिर्तीलाई समेत मिलाएर हेर्दा ३८२ अर्ब डलर अर्थात ४५ प्रतिशतले बढ्यो । सन् २०२० यताका नयाँ अर्बपतिमध्ये ६२ जना खाद्य क्षेत्रका हुन् । खाद्यान्न क्षेत्रका अर्बपतिको सम्पत्ति वृद्धि ऊर्जा, ग्यास अथवा कोइला क्षेत्रको भन्दा पनि धेरै हो। सन् २०२० यता यो क्षेत्रका अर्बपतिको सम्पत्ति ५३ अर्ब डलर अर्थात २४ प्रतिशतले बढ्यो । 

महामारीकै अवधिमा औषधी निर्माण व्यवसायबाट ४० नयाँ अर्बपतिको जन्म भएको छ। यो क्षेत्र कोभिड–१९ को लडाइँमा अग्रमोर्चामा थियो भने यिनले सरकारबाट ठूलो आर्थिक सहयोग भएका थिए । 

पछिल्लो समय सबैभन्दा बढी धनाढ्यहरू प्रविधि क्षेत्रमा संलग्न देखिन्छन् । विश्वका सबैभन्दा धनी दस व्यक्तमा सात जना प्रविधि क्षेत्रमै संलग्न छन् । प्रविधि क्षेत्रका अर्बपतिको सम्पत्ति दुई वर्षको अवधिमा ४३६ अर्ब डलरबाट बढेर ९३४ अर्ब डलर पुग्यो । 

असमानताको यो हदसम्मको वृद्धिलाई सम्बोधन गर्न र बढ्दो मूल्यसँग सङ्घर्ष गरिरहेकाहरूलाई सहयोग गर्न अक्सफार्मले सरकारहरूसँग धनाढ्य र कर्पोरेसनलाई कर लगाउन माग गरेको छ । 

उसले करपोरेट नाफामा ९० प्रतिशतसम्म कर, अर्बपतिको सम्पत्तिमा एक पटक भारी कर लगाउने, ५० लाखभन्दा बढी सम्पत्तिमाथि २ प्रतिशतको सम्पत्ति कर र १ अर्बभन्दा बढी सम्पत्तिमा ५ प्रतिशत बनाउनेजस्ता सल्लाह दिएको छ । 

उल्लेखित कदम उठाएमा विश्वभर २५ खर्ब डलर कर उठ्ने अक्सफार्मले प्रक्षेपण गरेको छ। तथापि सम्पत्ति करहरूलाई धेरै सरकारले कार्यान्वयन गर्न सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप