शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कभी इद कभी दिवाली’ जगपति भिलेन

बिहीबार, १२ जेठ २०७९, ०७ : ५९
बिहीबार, १२ जेठ २०७९

बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को चर्चा सेलाएको छैन । फिल्मको कलाकारलाई लिएर दैनिक नयाँनयाँ समाचार आइरहेका छन् । अब यो फिल्ममा भिलेनको भूमिका दक्षिण भारतीय अभिनेता जगपति बाबूको प्रवेश भएको छ ।

यसअघि नै यो फिल्ममा दक्षिण भारतीय दुई कलाकारको प्रवेश भइसकेको छ । समाचारअनुसारा फिल्ममा जगपतिलाई निकै डरलाग्दो भिलेनको चरित्रमा देखाइनेछ । जसका लागि उनले मेहनत पनि गरिरहेका छन् । सलमान पेन इण्डियाबाट फिल्म बनाइरहेका छन् । सोहीकारण फिल्मको कास्टिङमा उनले बढी ध्यान दिएका छन् । जगपति फिल्मको हैदराबाद सेड्युलको सुटिङमा जोडिनेछन् ।

फरहाद सामजीको निर्देशन रहने फिल्ममा जहीर इकबाल र शहनाज गिलको पनि अभिनय हुनेछ । फिल्ममा दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे पनि जोडिएकी छन् । फिल्म सन् २०२३ को इदमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप