
शाओमीको तीन नयाँइको–सिस्टम उत्पादनहरू नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको लागि र दुई वटा स्मार्ट वाच भएको जनाइएको छ ।
लन्चमा बोल्दै शाओमी नेपाल का कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिभाइसहरु उपभोक्ता माझ ल्याउन प्रयास रत छौँ । शाओमी एस् वान एक्टिभ फिट्नेसमा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ। यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको छ ।’
यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ । यसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबीसै घण्टा मुटुको चाल पनि रेकर्ड र यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ