शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेश : आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

बुधबार, ११ जेठ २०७९, २० : २६
बुधबार, ११ जेठ २०७९

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए ।

मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानुनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको सचिव रामकुमार महतोले जानकारी दिए ।

प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय थियो । तर पछि सो मन्त्रालय विभाजन हुँदा कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरिएको थियो । त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो । फेरि अहिले आएर नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय नामकरण गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) प्रदेश सरकारमा सहभागी भएको एघार महिनापश्चात् मन्त्रालयको नाम परिवर्तन गरिएको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले मन्त्रिपरिषद्को निर्णयअनुसार नाम परिवर्तन गरी कामअनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप