बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा पिकअपको ठक्करले पैदल यात्रुको मृत्यु

बुधबार, ११ जेठ २०७९, १९ : ४५
बुधबार, ११ जेठ २०७९

बाराको निजगढ नगरपालिकामा पिकअपको ठक्करबाट निजगढ नगरपालिका-९ बस्ने सिताराम आचार्यको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गबाट दक्षिणतर्फको गौरी शंकर क्याम्पस स्थित भित्री सडक खण्डअन्तर्गत निजगढ नगरपालिका-९ मा बा प्रदेश ०३-००१ च ११४६ नम्बरको पिकअपले ठक्कर दिँदा सोही ठाउँ बस्ने आचार्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पिकअप र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप