शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुबा सुनीलको सम्झनामा सञ्जयको भावुक पोष्ट - मेरो शक्ति र प्रेरणा हुनुहुन्थ्यो

बुधबार, ११ जेठ २०७९, १८ : ५३
बुधबार, ११ जेठ २०७९

स्वर्गीय अभिनेता तथा निर्माता सुनील दत्तले बलिउडमा धेरै हिट फिल्म दिएका छन् । फिल्म क्षेत्रको सफलतापछि राजनीतिमा होमिएका दत्तको राजनीतिक यात्रा पनि सफल मानिन्छ । सुनीलको निधन २५ मे २००५ मा भएको हो ।

उनको निधन भएको अहिले १७ वर्ष पुगेको छ । सुनील अभिनेता संजय दत्तका बुबा पनि हुन् । सुनीलको निधनको पुण्यतिथीका अवसर पारेर अभिनेता संजय दत्तले सामाजिक संजालमा एक भावुक पोष्ट गर्दै बुबाको सम्झना गरेका छन् । पोष्टमा उनले बुबालाई आफ्नो शक्ति, प्रेरणा र हरेक आवश्यकताको सहयोगी बताएका छन् ।

उनले बुबासँगको एक तस्बिरसहित लेखेका छन्, ‘राम्रो नराम्रो हरेक परिस्थितीमा तपाई मलाई बाटो देखाउन र रक्षाका लागि खडा हुनुहुन्थ्यो । तपाई मेरो शक्ति, प्रेरणा र हरेक आवश्यकताको सहयोगी हुनुहुन्थ्यो । तपाईं सधैं मेरो हृदयमा रहनु हुनेछ बुबा, आइमिस यु ।’

सुनीलले हरेक कठिन समयमा छोरा सञ्जय दत्तको साथ दिएका थिए । जसको वर्णन फिल्म ‘सञ्जु’ मा निकै नजिकबाट गरिएको छ । ‘सञ्जु’ सञ्जय दत्तको जीवनमा आधारित रहेर निर्माण गरिएको फिल्म हो । सञ्जय दत्तले आफ्नो करियरमा धेरै उत्कृष्ट फिल्म दिएका छन् । सञ्जयले फिल्ममा बुवा सुनिल दत्तसँग पनि स्क्रिन सेयर गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप