बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तुल्सीपुरमा एमालेको विजयसँगै सुकुम्बासीलाई लालपुर्जा दिने पहिलो प्राथमिकता

बुधबार, ११ जेठ २०७९, १७ : ५५
बुधबार, ११ जेठ २०७९

दाङको तुल्सीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेले विजयी हासिल गरेको छ । यसअघि नेकपा एमालेका घनश्याम पाण्डेले नेतृत्व गरेको उपमहानगरमा एमाले विरासत ढाल्दै आफ्नो बर्चस्व जमाउन तम्सिएको संयुक्त गठबन्धनलाई हराउँदै मेयर र उपमेरमा क्रमशः एमालेका टिकाराम खड्का र स्यानी चौधरी  विजयी भएका हुन् ।

खड्का र चौधरीको विजयसँगै तुलसीपुरमा आफ्नो विरासत जोगाउन पुनः एमाले सफल भएको छ । मतसंख्या हिसाबमा गठबन्धन एमालेभन्दा धेरै बलियो भएपनि हारेको हो । ०७४ निर्वाचन परिणाम आधारमा ०७९ सालमा गठबन्धनले एमालेको बिरासत ढाल्दै आफ्नो बर्चस्व स्थापित गर्ने लक्ष्य राखेको थियो । तर चुनावी परिणाम उल्टो देखा प¥यो ।  एमालेले झण्डै साढे ३ हजार  हजार मतले गठबन्धनलाई पछि पार्दै पुनः आफ्नो बिरासित जोगाउन सफल भएको छ ।

गठबन्धन दलका साझा मेयर उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीलाई एमालेका खड्काले ३ हजार ६ सय ९१ मतले पछि पार्दै  मेयरमा विजयी भएका हुन् । मेयर निर्वाचित खड्काले ३१ हजार  ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरीले गठबन्धन तर्फका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई साढे ९ हजार फराकिलो  मतले हराएकी छिन् । उपमेयरमा चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गरी विजयी भएकी हुन् । भने गठबन्धन तर्फका उपमेयर उम्मेदवार रानाले २१ हजार ६५ मत प्राप्त गरी पराजय भएका हुन् ।  

मेयर र उपमेयरमा विजयी भएसँगै खड्का र चौधरीले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा तुलसीपुर उपमहानगरपालिकाको पहिलो काम तुलसीपुरमा बसोबास गरिरहेका सुकुम्वासीहरूलाई लालपुर्जा दिने बताए । तुलसीपुर उपमहानगरपालिकाभित्र सुकुम्वासी, भूमिहिनहरुको अव्यवस्थित बसोबासीहरु धेरै रहेकाले स्थानीय सरकारको पहिलो र प्राथामिकतामा काम नै सुकुम्वासी व्यवस्थापन रहेको खड्काले बताए । उपमहानगरपालिकाभित्र करिव २५ हजार जति सुकुम्वासी रहेकाले सुकुम्वासीहरुको वास्तविक लगत संकलन गरी पहिचानका आधारमा लालपुर्जा वितरण गर्ने उनको भनाइ छ । आगामी पाँंच वर्षभित्रमा उपमहानगरपालिकाभित्र सुकुम्वासी समस्या समाधान वर्तमान नेतृत्वबाट समाप्त पार्ने उनको भनाइ छ । करिव २५ हजार सुकुम्वासीहरूको बसोबासी रहेकाले उनीहरुलाई जग्गाधनी पुर्जा दिलाउने पहिलो काम स्थानीय सरकारले गर्ने बताए । उनले भने–‘ म सुकुम्वासी हुँ, सुकुम्वासी हुनुको पीडा कस्तो हुन्छ भन्ने थाहा छ, सुकुम्वासी व्यवस्थापन मेरो पहिलो काम हुनेछ । ’ 

खड्काले उपमहानगरपालिकाको विकासमा सबै दल, माथिल्ला सरकार र नीजि क्षेत्रको सँगको समन्वय र सहकार्यमा अघि बढ्ने प्रतिक्रिया दिएका छन् । वडा स्तरका आवश्यकता र प्राथामिकताका आधारमा विकास योजना निर्माण गर्ने बताए । उपमेयर चौधरीले अभिभावकविहीन बालबालिकालाई शिक्षादिक्षा दिलाउने, वृद्धवृद्धाको सारथी बन्नेलगायतका काममा आफूहरु लाग्ने बताइन् । उनले समुन्नत तुलसीपुर, समृद्ध तुलसीपुर, खुसी तुलसीपुर अबको नेतृत्वले स्थापित गर्ने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप