शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकले २५ लाख कित्ता बण्ड जारी गर्ने

बुधबार, ११ जेठ २०७९, १७ : ३५
बुधबार, ११ जेठ २०७९

हिमालयन बैंक लिमिटेडको २५ लाख कित्ता बण्ड जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २ अर्ब पचास करोड रकम बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो।  त्यसका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५०%  प्रतिशत रहेको छ । 

उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकसम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृति पश्चात निष्कासन गरिने बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप