शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको महाराजगन्जमा मेयर उपमेयर दुवै पदमा नेपाली काँग्रेसको जित

बुधबार, ११ जेठ २०७९, १७ : ३३
बुधबार, ११ जेठ २०७९

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा काँग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लाले २ हजार ४७४ मत पाए । उपप्रमुखमा काँग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् । 

उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत र लोसपाकी उम्मेदवार साबित्रीदेवी कुर्मीले २ हजार ५ सय ५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । मुसलमान दोश्रो कार्यकालका लागि प्रमुख बन्न सफल भएका हुन् भने उपप्रमुख जितेकी रीताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन् ।

उनकी सासु शुभावतीको उम्मेदवारी दर्ता गरेपछि निधन भएपछि काँग्रेसले रीतालाई उम्मेदवार बनाएको हो । रीता स्वास्थ्यकर्मी हुन् ।  उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्जमा ३ जेठमा चुनाव भएको हो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप