बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरेका छौँ  :  मन्त्री रेग्मी

बुधबार, ११ जेठ २०७९, १६ : ५०
बुधबार, ११ जेठ २०७९

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषद्ले ७५ अर्ब भन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताएकी छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले समाज कल्याण परिषद्मा  विभिन्न बहानामा रोकिएका परियोजनाहरू स्वीकृत गरिएको बताएकी हुन् ।

‘कुनै पनि परियोजना यो वा त्यो बहानामा रोकिनु हुन्न’ मन्त्री रेग्मीले भनिन् ‘यो सात महिनामा हामीले रोकिएर बसेका परियोजनाहरू अध्ययन गरेर पास गरेका छौ ।’​ उनले समाज कल्याण परिषद लाई  पारदर्शी र जनमुखी बनाउन पूर्ण रूपमा डिजिटलाइज गरिने समेत बताए । ‘परिषद्मा अनावश्यक रूपमा फाइल रोकिने गरेको गुनासो छ ,अब  कुनै बार्गेनिङ चल्दैन,’ उनले बताए, ‘यसलाई अन्त्य गर्न समाज कल्याणको पुरै सिस्टम प्रविधि मैत्री बन्नेछ ।’ उनले समाज कल्याण लाई प्रविधि मैत्री बनाउन सरकारी र गैर सरकारी संस्थाहरूलाई सहयोगको आह्वान समेत गरिन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप