शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनप्रतिनिधिहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको विशेष सर्कुलर

बुधबार, ११ जेठ २०७९, २० : ००
बुधबार, ११ जेठ २०७९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका सबै जनप्रतिनिधिहरूलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टी महासचिव डा. बेदुराम भुसालले बुधबार निार्वचन विशेष सर्कुलर–७ जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई बधाईसहित जनताले विश्वास गरेर दिएको मत र गरेको विश्वासप्रति सधैँ इमानदार रहन निर्देशन समेत दिएका छन् । ‘

हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला । उक्त कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन गरिन्छ’, सर्कुलरमा भनिएको छ । साथै उक्त पार्टीले जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न पनि जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ । ‘निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नु होला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमानदारिता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्नुहोला । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला’, सर्कुलरमा भनिएको छ । नेकपा एकीकृत समाजवादीले जबाफदेहिता र पारदर्शिता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र भएकाले त्यसतर्फ ध्यान दिन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप