यौनजन्य हिंसाका उजुरीको हदम्याद हटाउन माग
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन्।
समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरण र उजुरीको लागि हदम्याद तोक्न नहुन’भन्ने विषयमा बुधबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले म्याद खारेजीको लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको र थप प्रक्रिया अघि बढिसकेको बताइन् ।
ध्यानाकर्षण पत्रमा महिलामाथि हुने यौनजन्य हिंसाको उजुरीको लागि तत्काल हदम्याद हटाउनुपर्ने, उजुरीपश्चात् पीडितले तत्काल न्याय पाउनुपर्ने, कानुनलाई थप मजबुत बनाउनका लागि तत्काल संशोधन गरी कार्यान्वयनको चरणमा जानुपर्ने जस्ता विषय छ ।
फाउन्डेसन अध्यक्ष सङ्गीता श्रेष्ठले नाबालिका, किशोरी तथा महिलाले भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिन् । हदम्यादको फाइदा उठाएर बलात्कारी स्वतन्त्र घुमिरहेको भन्दै ‘समृद्धि फाउण्डेसन नेपाल’ ले हदम्यादको कानुनी व्यवस्था हटाउन माग गरेको हो । कानुनमा भएका कमजोरीले अपराधीको मनोबल बढ्ने भएकाले हदैसम्मको कानुनी व्यवस्था गर्नुपर्ने फाउण्डेसनले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण