शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

यौनजन्य हिंसाका उजुरीको हदम्याद हटाउन माग

बुधबार, ११ जेठ २०७९, १६ : ३५
बुधबार, ११ जेठ २०७९

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन्।     

समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरण र उजुरीको लागि हदम्याद तोक्न नहुन’भन्ने विषयमा बुधबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले म्याद खारेजीको लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको र थप प्रक्रिया अघि बढिसकेको बताइन् । 

ध्यानाकर्षण पत्रमा महिलामाथि हुने यौनजन्य हिंसाको उजुरीको लागि तत्काल हदम्याद हटाउनुपर्ने, उजुरीपश्चात् पीडितले तत्काल न्याय पाउनुपर्ने, कानुनलाई थप मजबुत बनाउनका लागि तत्काल संशोधन गरी कार्यान्वयनको चरणमा जानुपर्ने जस्ता विषय छ । 

फाउन्डेसन अध्यक्ष सङ्गीता श्रेष्ठले नाबालिका, किशोरी तथा महिलाले भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिन् । हदम्यादको फाइदा उठाएर बलात्कारी स्वतन्त्र घुमिरहेको भन्दै ‘समृद्धि फाउण्डेसन नेपाल’ ले हदम्यादको कानुनी व्यवस्था हटाउन माग गरेको हो । कानुनमा भएका कमजोरीले अपराधीको मनोबल बढ्ने भएकाले हदैसम्मको कानुनी व्यवस्था गर्नुपर्ने फाउण्डेसनले माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप