बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गहिरो समुद्रमा भेटियो एलियनको सपिङ ब्याग !

बुधबार, ११ जेठ २०७९, १६ : ०६
बुधबार, ११ जेठ २०७९

प्रशान्त महासागरको गहिराइबाट एउटा भिडियो सार्वजनिक भएको छ जसमा देखिएको चिजलाई एलियनको सपिङ ब्याग भनेर नाम दिइएको छ । वास्तवमा यो निकै अचम्मको देखिने जीव हो जसको शरीरभित्र जे जति छ, त्यो बाहिर बाटै स्पष्ट रुपमा देख्न सकिन्छ ।

यो पारदर्शी जीवको पेट हेर्दा यस्तो लाग्छ कि त्यहाँ भित्र कुरकुरेका निकै चम्किलो टुक्रा छन् ।  यो निकै अचम्मको छ, ब्यागजस्तै देखिन्छ, भित्रको सामान पनि निकै अचम्मको, त्यसैले यसलाई एलियनको सपिङ ब्याग भनिएको हो ।

यो सी कुकम्बरको एक अज्ञात प्रजाति हो

समुद्रबाट करिब ७,२२१ फिट गहिराइमा यो जीव भेटिएको हो जुन सी कुकम्बरको एक अज्ञात प्रजाति हो । यसलाई एउटा भिडियो क्लिपमा निकै स्पष्ट रुपमा देख्न सकिन्छ । द ओशन एक्सप्लोरेशन ट्रस्टको नोटिलस लाइभमा एजुकेशन र आउटरिचकी निर्देशक मेगन कुकका अनुसार प्रशान्त महासागरको गहिराइमा एक ROV (आरओभी) ले यो जीवलाई क्यामरामा कैद गरेका हो । आरओभी अर्थात् पानीभित्र यात्रा गर्ने गाडी जसलाई रिमोटमार्फत् चलाउन सकिन्छ । यसलाई किङगम्यान रिफ र पाल्मायरा एटोलमा एक सिमाउन्ट नजिकै देखिएको थियो ।

 


मेगन कुकका अनुसार यो देख्नु सधैँ रोमाञ्चक र शानदार हुन्छ किनभने यो निकै अचम्मको जनावर हो । सी कुकम्बर होलोथुरियन वर्ग भित्र पर्छन् । यसका थुप्रै प्रजाति मध्य प्रशान्त क्षेत्रमा पाइन्छ । रिसर्च वेसल ई–वी नटिलससँग जोडिएको आरओभीले जुन जीवलाई देख्यो त्यो एक एल्पिडिडी फ्यामिलीको हो । यो गहिरो समुद्रमामा बस्छन् जुन समुद्रको पिँधमा बसेको समुद्री बरफ, छालाका कोसिका, मृत जनावरको मल र टुक्रामा जीवित रहन्छ ।

खाना खानका लागि यो जनावर आफ्नो चिप्चिपे टेन्टकलको मद्दत लिन्छ । यसको टेन्टकल पात वा ताराको आकारका हुन्छन् जसले यसको मुखको चारैतिर रातो फ्रिन्ज बनाउने गर्छ । यसैको मद्दतले यो खाना र कार्बनिक पदार्थलाई आफ्नो मुखसम्म लैजाने गर्छ । यसको पेटमा चम्किलो कुरकुरेजस्तो चिज वास्तवमा यसको चम्किलो आन्द्रा हो । यो पारदर्शी हुन्छन् त्यसैले यसभित्रका भागलाई स्पष्ट रुपमा देख्न सकिन्छ ।

इभी नोटिलसले आफ्नो आरओभी डाइवको लाइभस्ट्रिम गर्छ ।  अहिलेको सिजन अक्टोबरको अन्त्यसम्म चल्नेछ । युट्युबमा /EVNautilus मा लाइभस्ट्रिम हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप