सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एक महिनाभित्र पाठ्यपुस्तकको छपाई सक्न संसदीय समितिको निर्देशन

बुधबार, ११ जेठ २०७९, १६ : ०४
बुधबार, ११ जेठ २०७९

संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो ।

छापिएको पुस्तक पनि तत्काल विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए । समितिले ३५ लाख बाँकी पुस्तक छपाइको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ ।  

समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाइको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । सरकारी विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाइको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताए ।

त्यस अवसरमा सभापति घर्तीले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालयहरु नै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप