शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुर महानगरका प्रमुख चिरिबाबुले लिए शपथ, तस्बिरहरू

बुधबार, ११ जेठ २०७९, १५ : ५५
बुधबार, ११ जेठ २०७९

ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । 

बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाएका हुन् । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले थालेका पुराना योजनाहरू पुरा गर्दै नयाँ कामको सुरुवात गरिने बताए । त्यसक्रममा उनले निर्वाचन अघिसम्म राजनीतिक पार्टीको वकालत गरे पनि अब समग्र महानगरको विकास र महानगरवासीका समस्या समाधान गर्नतिर लाग्ने बताए । ‘हिजो हामी राजनीतिक रूपमा प्रस्तुत भयौ, अव उप्रान्त मलाई कसले भोट दियो दिएन भनेर हेर्दैनौ’, महर्जनले भने, ‘नगरवासीलाई शिरमा राखेर काम गर्नुपर्छ । यसो गरे मात्रै हामी सफल हुनेछौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप