आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माण सुरु

बुधबार, ११ जेठ २०७९, १४ : ३०
बुधबार, ११ जेठ २०७९

ललितपुरको पाटन दरबार क्षेत्रमा ढल निर्माण, खानेपानीका पाइपलाइन बिच्छ्याउने र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्ने कार्यअन्तर्गत एकीकृत भौतिक पूर्वाधार निर्माणको नमूना काम थालनी गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)बाट मेलम्ची खानेपानीका पाइपलाइनहरू विच्छ्याउने, पीआइडी अन्तर्गत फोहोरपानी व्यवस्थापन परियोजनाबाट ढलका पाइप बिच्छ्याउने काम भइरहेको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणबाट विद्युतका तारहरू भूमिगत गर्न ५ वटा एच.डी.पी.ई. पाइप विच्छ्याउने कार्य र नेपाल टेलिकमबाट टेलिकमका लाइनहरू भूमिगत गर्न डक्टहरू विच्छ्याउने काम भइरहेको आयोजनाले जनाएको छ ।

एकीकृत नमुना काम गर्दा पाटन दरबार क्षेत्रको पौराणिकता तथा साँस्कृतिक संवेदनशीलतालाई ध्यानमा राखिएको आयोजनाले दावी गरेको छ । ‘पाटन दरबार क्षेत्र बाहेकका अन्य स्थानमा भने ढल निर्माणको कार्यमा आधुनिक मेसिन औजार प्रयोग गरेर ढल निर्माण कार्यलाई तदारूकताका साथ अगाडि बढाइएको छ’, आयोजनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्माण कार्यलाई तीब्रता दिइएसँगै हाल झण्डै ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पनि आयोजनाले जनाएको छ । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा करिव ४८ करोडको कूल लागत रहेको ढल निर्माण कार्य आगामी पुससम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप