शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिश्रको राजीनामापछि पाण्डेले भने– साथीहरुसँग सल्लाह गरेर अघि बढ्छु

बुधबार, ११ जेठ २०७९, १८ : ००
बुधबार, ११ जेठ २०७९

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका साथीहरुसँग बसेर छलफल गरेर अघि बढ्ने प्रक्रिया दिएका छन् । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि पाण्डेले उनको राजीनामा मिडियामार्फत जानकारी पाएको बताए ।

‘मैले रवीन्द्र मिश्रजीको राजीनामा मिडियामार्फत थाहा पाए । अब साथीहरुसँग बसेर छलफल गर्छु । त्यसपछि एउटा निर्णयमा पुग्छु ।’ रातोपाटीलाई प्रतिक्रिया दिँदै पाण्डेले भने, ‘विगत नौ महिना वैकल्पिक राजनीतिको पीडादायी समय रहयो । संसदको रेकर्डबाट हटाउने भन्छन् नि त्यस्तै नौ महिना वैकल्पिक राजनीतिबाट हटाउने काम भयो ।’

निर्वाचन परिणामबाट राम्रो नजिता आउन नसकेको भन्दै अध्यक्ष पदबाट मिश्रले राजीनामा  दिएका छन् । यस्तै मिश्रले राजीनामा दिएका पाण्डेसहित पार्टीका अरु नेताहरुलाई फर्किन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप