बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमसञ्चार प्रतिष्ठान गठन गर्न राज्यसँग लविङ गरिराखेका छौं : अध्यक्ष पोखरेल

बुधबार, ११ जेठ २०७९, १३ : ३३
बुधबार, ११ जेठ २०७९

नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिएका हुन् । 

बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’मा बोल्दै उनले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिज्म बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पारे ।

सरकारले हिजो (मंगलबार) प्रस्तुत गरेको नीति तथा कार्यक्रम र यस अघिका सरकारले पनि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आमसञ्चार प्रतिष्ठान गठनका कुरा गरेपनि हालसम्म नभएकोमा अध्यक्ष पोखरेलले असन्तुष्टि व्यक्त गरे ।  उनले नीति तथा कार्यक्रममा समावेश गरिएको सो प्रतिष्ठान गठन गर्ने कार्यलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिन सञ्चारकर्मीहरूलाई समेत आह्वान गरे ।

अध्यक्ष पोखरेलले भने, ‘हामीले राज्यसँग ठूलो लविङ गरिराखेका छौ कि आम सञ्चार प्रतिष्ठान गठन गर । त्यो आमसञ्चार प्रतिष्ठानबाट पत्रकारिता सिक्न चाहनेहरुले पत्रकारिता सिक्ने अवसर पाउन् । अहिलेसम्म सिकाउने मेकानिज्मको अभावका कारण पत्रकारिता दक्ष, मर्यादित र व्यवसायिक हुन नसकेको अवस्था हो । हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रममा सो प्रतिष्ठानको कुरा उल्लेख गरिएको छ । यसअघिको नीति तथा कार्यक्रममा पनि आमसञ्चार प्रतिष्ठानको कुरा आएपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । अब ढिलाई नगरी त्यसको कार्यान्वयन हुनुपर्दछ ।’

अध्यक्ष पोखरेलले विभिन्न खालका स्वार्थ समूहहरूको प्रलोभनमा नपर्न पनि सञ्चारकर्मीहरूलाई सचेत गराए । विभिन्न स्वार्थ समूहहरूले आफ्नो हितका लागि प्रलोभन वा दवाव दिँदा सही सूचना दिने बाटोमा ठूलो अवरोध हुने उल्लेख गर्दै उनले त्यसबाट बच्न आम सञ्चारकर्मी र मिडिया हाउसहरुलाई सचेत गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप