आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनले घेरे आयल निगम (फोटोफिचर)

बुधबार, ११ जेठ २०७९, १२ : ५२
बुधबार, ११ जेठ २०७९

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरूद्ध संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन् । 

दर्जनौँको संख्यामा आएका विद्यार्थीहरुले निगमको मुल गेटमा भेला भएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले सरकारलाई यथाशिघ्र पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन थप कडा बनाउने चेतावनी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप