सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु

बुधबार, ११ जेठ २०७९, १२ : २०
बुधबार, ११ जेठ २०७९

कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको गोरुसिङ्गे बनगाई सडक खण्ड अन्तर्गत खारखानीमा धनगढीबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसको ठक्करबाट साइकलमा सवार कपिलवस्तु नगरपालिका ९ जगदिशपुरका अशोक चौधरीको  मृत्यु भएको हो ।

प्रहरीले सडक किनारमा बिग्रेर रोकिराखेको टिप्परलाई ओभर ट्याक गर्ने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको जनाएको  छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप